छापा खबर


नारायणकाजी श्रेष्ठलाई प्रश्न : माधव नेपालको वरिष्ठता घटुवा गर्नाको भित्री कारण के हो?

नारायणकाजी श्रेष्ठलाई प्रश्न : माधव नेपालको वरिष्ठता घटुवा गर्नाको भित्री कारण के हो?

नेपालखबर
भदौ ८, २०७६ आइतबार ३:१८,

नाराणकाजी श्रेष्ठ ‘प्रकाश’ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता हुन्।

उनीसँग शुरोजंग पाण्डे, संगीत र खगेन्द्र गिरीले गरेको कुराकानी आजको नयाँ पत्रिकामा छापिएको छ। प्रस्तुत छ, त्यसको एउटा अंश : 

एकताको डेढ वर्ष भइसकेपछि वरिष्ठ नेताहरूको वरीयतामा हेरफेर गरियो । माधव नेपालले आफूलाई अपमान गर्न र अर्का नेता झलनाथ खनालसँग जुधाउन त्यसो गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाललाई किनारा लगाउन त्यसो गरिएको पनि भनिएको छ । खास भित्री कारण के होे? 

डेढ वर्षपछि यस्तो निर्णय किन भयो प्रश्न उठ्नु स्वाभाविक हो । तर, सांगठनिक एकीकरणको क्रममा निश्चित विधि र प्रक्रियाअनुसार एकता गर्नुपर्छ, हामीले भन्दै आएका हौँ । अहिले कमिटीहरू निर्माण गर्दा, जिम्मेवारी दिँदा सबैभन्दा राम्रा मान्छे को छन् भनेर छान्न सकिँदैन, अधिवेशन र महाधिवेशनमा मात्र त्यसरी नेतृत्व चयन गर्न सक्छौँ, दुई पार्टीबीच एकीकरण भएकाले तत्कालका कमिटीहरूको जिम्मेवारीअनुसार नै एकीकरण गर्नुपर्छ, अर्को ढंगले गर्न सकिँदैन भन्ने मान्यता स्थापित गर्‍यौँ।

यो कुराबाट छलफल गर्दा वरिष्ठ नेताको हकमा पहिला जे निर्णय थियो, त्यो नै त्रुटिपूर्ण थियो । किनभने, साबिक एमालेमा वरिष्ठ नेताको पहिलो नम्बरमा झलनाथ कमरेड र दुई नम्बरमा माधव नेपाल हुनुहुन्थ्यो । त्यसकारण कमरेड माधव नेपाललाई एक नम्बर बनाउने निर्णय त्रुटिपूर्ण थियो । त्यतिवेलै उहाँले बुझेर ‘म हुन्नँ है’ भन्दिएको भए राम्रो हुन्थ्यो।

नेतृत्वले पनि त्यस्तो प्रस्ताव राख्नुहुँदैनथ्यो र निर्णय गर्नुहुन्नथ्यो । यस अर्थमा अहिले त्यो निर्णय सच्याइएको हो भन्न सकिन्छ । तर, नेतृत्वले र मावधजीले त्यति वेला यति किन नसोच्या होला भन्ने प्रश्न उठ्छ नै । अर्कोतिर हुन त भई नै सक्याथ्यो अहिले फेरि किन परिवर्तन गर्नुपर्‍यो भन्ने प्रश्न त आउँछ । तर, सकारात्मक ढंगले सोच्दा सांगठनिक एकीकरणमा अँगालिएको विधि मान्ने हो भने झलनाथ कमरेडलाई अध्यक्षपछिको तेस्रो र माधवलाई वरिष्ठ नेतामा दोस्रो बनाउने निर्णय सही नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad