छापा खबर


चीनको सहयोग गफ मात्रैः सात वर्षमा ११२ अर्ब प्रतिबद्धता, ३१ अर्ब प्राप्त

चीनको सहयोग गफ मात्रैः सात वर्षमा ११२ अर्ब प्रतिबद्धता, ३१ अर्ब प्राप्त

नेपालखबर
साउन २९, २०७६ बुधबार ०:२७,

सन् २०१५ /०१६ मा चीनले नेपाललाई ७३ करोड १९ लाख २१ हजार अमेरिकी डलर अर्थात करिब ७३ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

तर, विनाशकारी भूकम्प गएको त्यो वर्ष चीनबाट पाँच करोड ४४ लाख डलर मात्रै प्राप्त भयो।

सन् २०११ /०१२ मा १२ करोड ७२ लाख डलर सहायता दिने प्रतिबद्धता गरेको चीनले जम्मा दुई करोड ८३ लाख डलर मात्रै उपलव्ध गरायो।

यसरी सात वर्षमा ११२ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएको चीनले जम्मा ३१ अर्ब प्रदान गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्ट र पुष्प ढुंगानाले लेखेका छन्।

यसमा चीनको मात्र होइन, परियोजना तथा कार्यक्रममा नेपालको अस्तव्यस्त भूमिका पनि उत्तिकै जिम्मेवार छ।

चीनले नेपालाई हरेक वर्ष ठूलो मात्रामा आर्थिक सहयाता दिने घोषणा गर्दै आएको छ।

तर, उसले प्रतिबद्धता अनुसार रकम भने नेपाललाई दिँदैन। प्रतिबद्धता भन्दा निकै कम रकम मात्र चीनले उपलव्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad