ad ad

छापा खबर


अहिलेसम्म देशभर कति नेपालीले नागरिकता लिए?

अहिलेसम्म देशभर कति नेपालीले नागरिकता लिए?

नेपालखबर
साउन २७, २०७६ सोमबार १:४५,

नागरिकता वितरण सुरु भएयता हालसम्म २ करोड ६ लाख जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

गृह मन्त्रालयका अनुसार २०७६ वैशाखसम्ममा देशभरबाट २ करोड ६ लाख जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन्।

यसैगरी विवाहका आधारमा ३ लाख ९५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। यस्तै वैवाहिक अंगीकृत नागरिकता पाएका नागरिकबाट जन्मिएका ४ हजार सन्तानलेृ समेत अंगीकृत नागरिकता लिएका छन्।

यस्तै ८ हजार ३ सय विदेशीले समेत अंगीकृत नागरिकता पाएका छन्। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गत वैशाखसम्म २ करोड ६ ला जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .