ad ad

समाज


आज बकर इद पर्व, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज बकर इद पर्व, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

नेपालखबर
साउन २७, २०७६ सोमबार १:५७,

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज (सोमबार) धुमधामसँग मनाइँदैछ।

इद पर्वको अबसरमा सोमबार प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा दिएको छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परंपरा छ।

इदमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ।

यसैबीच इद पर्वको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले इदको अवसरका शुभकामना दिँदै साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छन्।

‘परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेछ,’ राष्ट्रपतिको विज्ञप्तीमा उल्लेख छ। भण्डारीले इस्लाम धर्मावलम्बीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गरेकी छन्।

यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याउने उनको भनाई छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो वर्ष हज गर्न साउदी अरब गएका एक हजार पाँच सय नेपाली हाजीलाई पनि यस अवसरमा हजमुबारक भन्दै शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .