छापा खबर


अब कैदीले पनि जेलभित्रै यौन सम्पर्क गर्न पाउने

अब कैदीले पनि जेलभित्रै यौन सम्पर्क गर्न पाउने

नेपालखबर
साउन २५, २०७६ शनिबार ०:२७,

कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ।

गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। 

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

विभागका उपसचिव एवं सूचना अधिकारी वासुदेव घिमिरेले कैदीबन्दीलाई प्रजनन अधिकार दिने नयाँ व्यवस्था समेटिएको कारागार ऐन मस्यौदा मन्त्रिपरिषदको पुगेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad