छापा खबर


केरुङका भट्टीमा देहव्यापारः चिनियाँ र तिब्बतीयन पुरुषको रोजाइमा नेपाली युवती

केरुङका भट्टीमा देहव्यापारः चिनियाँ र तिब्बतीयन पुरुषको रोजाइमा नेपाली युवती

नेपालखबर
साउन २५, २०७६ शनिबार ०:५०,

पछिल्लो समय चीनको केरुङ सहर नेपालीका लागि आकर्षणको केन्द्र बनेको छ।

नेपाल र चीनको एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट नजिकको केरुङ सहर रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका धेरैको रोजगारीको गन्तव्य पनि बनेको छ।

माइती नेपाल रसुवाका अनुसार रोजगारीका लागि केरुङ पुग्ने नेपालीमध्ये अधिकांश महिला छन्। त्यसमा पनि किशोरीको संख्या अधिक छ।

२०१८ मा रसुवागढी नाका हुँदै तीन सय ३८ जना नेपाली किशोरी केरुङ पुगेका छन्।

केरुङ पुगेका नेपाली युवती तथा किशोरीलाई जबर्जस्ती देहव्यापारामा लगाइएको भेटिएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा रसुवाबाट अनु आचार्यले लेखेकी छन्।

पीडित किशोरीहरुका अनुसार डान्सबार, रेस्टुरेन्ट र भट्टीपसलमा काम गर्नेलाई यस्तो काम गर्न बाध्य पार्ने गरिएको छ।

चिनियाँ र तिब्बतीयन पुरुष नेपाली युवतीप्रति आकर्षित हुने गरेका छन्।

नसाले चुर भएका ग्राहकहरुले हातपात गर्दासमेत बाध्य भएर चुपचाप बस्नुपर्ने किशोरीहरुको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad