ad ad

छापा खबर


बलिउड हिरो गोविन्दालाई मानसिक समस्या

बलिउड हिरो गोविन्दालाई मानसिक समस्या

नेपालखबर
साउन २०, २०७६ सोमबार २:५२,

बलिउड अभिनेता गोविन्दाले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए।

साथै सञ्जयलीला भन्सालीको फिल्म देवदासको चुन्नीलीलाको भूमिकामा पनि उनलाई अफर आएको उनको दाबी थियो। गोविन्दाको यो भनाइ बाहिर आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको खुब मजाक उडाए।

मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकको मित्रले डेक्कन क्रोनिकललाई दिएको अन्तर्वार्तामा भनेका छन्–‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन्। ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ। यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमा पनि के के बोलिरहन्छन्।’

गोविन्दाका निकट साथीहरूका अनुसार उनी मनोवैज्ञानिक समसयबा गुज्रिरहेका छन्। याे खबर अाजकाे नयाँ पत्रिकाबाट लिइएकाे हाे। 

उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .