ad ad

छापा खबर


ललितपुरमा बालकलाई यौन दुराचार गर्ने भारतीयलाई ११ वर्ष जेल

ललितपुरमा बालकलाई यौन दुराचार गर्ने भारतीयलाई ११ वर्ष जेल

नेपालखबर
साउन २०, २०७६ सोमबार २:३९,

ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो।

इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने आदेश भएको अदालतका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

महालक्ष्मी नगरपालिका-९, लामाटारमा घटेको घटनाअनुसार गत साल९२०७५० चैत्र २२ गते साँढे १२ बजेतिर पीडक दासले पीडितको घरमा कोही नभएको बेला १७ वर्षीया बालकलाई ललाईफकाई यौन दुराचार गरेका थिए।

सानैदेखि अपांगता भएका उनी बोल्न र लेखपढ गर्न समेत नसक्ने परिवारले बताएको छ । उनलाई पटकपटक गरी ५ पटकसम्म दुराचार गरेको दासले अदालतसामु स्वीकारेका थिए। घर बनाउने मिस्त्री काम गर्दैआएका उनले पीडितको घरमा प्लाष्टर गर्ने काम गरेदेखि नै यस्तो दुराचार गर्दै आएको स्विकारेका थिए।

२०/३० देखि दुई सय रुपियाँसम्म दिएर यस्तो कार्य गर्ने गरेका दासले अरुलाई सुनाए मार्नेसम्मको धम्की दिएका थिए। पीडित बालकले दासको व्यवहारले आफ्नो मलद्वार र छाती बेस्सरी दुखेको कुरा आमासँग भनेपछि यो घटना बाहिर आएको थियो।

दासले महानगरीय प्रहरी वृत्त, सातदोबाटोले अनुसन्धानका क्रममा बयान लिँदा यौनतृष्णा मेटाउन सो कार्य गरेको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .