ad ad

खेल


टोरन्टोको जितमा सन्दीपको १ विकेट

टोरन्टोको जितमा सन्दीपको १ विकेट

नेपालखबर
साउन २०, २०७६ सोमबार ३:२,

टस हारेर ब्याटिङको निम्तो पाएको मोन्टरियलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो। उसका काइल कोट्जरले २६ रनबाहेक अन्यले सम्झन लायक प्रदर्शन गरेनन्।

टोरन्टोका लागि सन्दीपले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। उनले १६औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लुको सिकार बनाएका थिए।

शनिबारमात्रै सिजनको पहिलो खेल खेलेका सन्दीपले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिदै महँगा भएका थिए।

लक्ष्य पछ्याउने क्रममा चिराग सुरीको अर्धशतक प्रहार गरेपछि टोरन्टोले १८औं ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्‍यो। चिरागले ३७ बलमा ५२ रन जोडे।

टोरन्टो यस जितसँगै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .