ad ad

छापा खबर


६७ वर्षीय वृद्धले यसरी जिते चितुवालाई

६७ वर्षीय वृद्धले यसरी जिते चितुवालाई

नेपालखबर
भदौ ८, २०७७ सोमबार ०:५२,

लमजुङमा एक वृद्ध चितुवासँग भिडेर बाँचेका छन्। उनकै आक्रमणमा चितुवा भने मरेको छ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका-९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई आइतबार बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो।

उनलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेपछि उनी पनि त्यहीँ पुगे। त्यसपछि बाबुछोरा दुबै चितुवामाथि जाइलागे। अन्ततः चितुवा मर्यो। यो खबर आजको राजधानी दैनिकमा लमजुङबाट नवराज पहाडीले लेखेका छन्।

उनले देब्रे हातले चितुवाको आक्रमण छेक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए। ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिटेन जति कुस्ति खेल्यौ,’ हरिबहादुरले भने, ‘ खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो।’

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ,’ छोरा रणजंग थापाले भने। चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए।

जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ। सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ।

उक्त घटनामा मरेको चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताए । ‘यस्तो अवस्थामा कानुन नलाग्दैन । तर पनि हामीले थप अनुसन्धान भने गर्छौ,’ काफ्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .