छापा खबर


व्यापारीको स्वार्थमा बढाइयो पानीको मूल्य, कति बढ्याे?

व्यापारीको स्वार्थमा बढाइयो पानीको मूल्य, कति बढ्याे?

नेपालखबर
साउन २७, २०७७ मंगलबार १:३८,

सरकारले व्यापारीको स्वार्थ अनुसार मिलेमतोमा पिउने पानीको मूल्य बढाएको छ। बजारमा २५ देखि ३५ रुपैयाँमा बिक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैयाँ पुर्याईएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पोस्ने गरी ‘सेटिङ’मा एक जारमै १५ देखि २० रुपैयाँ बढाएर मूल्य तोकेको खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

सरकारी निकायले नै मूल्य बढाएपछि व्यापारीलाई एक जार पानी ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ। बढेको पानीको मूल्य भदौ १० गतेदेखि लागू हुने गरी कायम गरिएको छ।

प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेको अवस्थामा सरकारी निकायले नै मूल्य बढाई दिएपछि बजारमा कार्टेलिङ हुने सम्भावना बढेको छ। त्यसैगरी, बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ तोकेको छ।

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि खेलाँची गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताए। ‘प्रतिस्पर्धी बजारमा पानीको मूल्य घट्ने अनुमान गरेका थियौं,’ अध्यक्ष तिमल्सिनाले भने, ‘सरकारले नै उपभोक्तालाई धोका दिएर मूल्य बढायो।’

पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उनले आरोप लगाए। ‘बजार मूल्य भन्दा २० रुपैयाँ बढी मूल्य बढाइएको छ,’ उनले भने, ‘विभाग व्यापारीको साक्षी बस्यो।’

अहिले पनि बजारमा बिक्री भएको पानीको गुणस्तरमाथि प्रश्न उठ्दै आएकोमा विभागले गुणस्तर कायम गर्नुको साटो उपभोक्तालाई मूल्य वृद्धिको उपहार दिएको छ।

पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा लविङ गर्दै आएको थियो। मूल्य बढाउने मिसन सफल भएको एक पानी उद्योगीले बताए। ‘मूल्य बढाउन विभाग र अधिकारकर्मीलाई लविङ गरेका थियौं,’ ती उद्योगीले भने, ‘मूल्य बढाउने योजना सफल भएको छ।’

अब पानीमा मनग्य मुनाफा हुने उनले बताए। काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी छ। पानी आएपछि खपत कम हुने भएपछि मूल्य बढाउन लविङ गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad