छापा खबर


विज्ञ भन्छन्- नेपालमा पुनः कोरोना संक्रमण दर शून्य

विज्ञ भन्छन्- नेपालमा पुनः कोरोना संक्रमण दर शून्य

नेपालखबर
असार २८, २०७७ आइतबार ०:२८,

नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन।

‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन,’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ पनि यस्तै छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा.पुन भन्छन्। संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन? यसमा भने विज्ञहरुको मत बाझिएको छ।

एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.गौतम भन्छन्, ‘संक्रमण नहुने भने होइन, तर सचेत भने हुनै पर्छ।’

सरुवा रोग विशेषज्ञ डा.पुन पनि डिस्चार्ज भइसकेकाहरुलाई पुनः संक्रमण नभएपनि सतर्कता भने अपनाउनुपर्ने बताउँछन् । ‘डिस्चार्ज भएर १४ दिन नाघेर घर गएका व्यक्तिलाई पुनः कोरोना भएको पाइएको छैन । त्यसैले कोरोनाबाट तर्सिहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad