बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ।
कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउछोरालाई नै शनिबार अबेर राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ।
अमिताभकी पत्नी जया र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरूकाे रिपोर्ट भने आज आइतबार आउने महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बताएका छन्।
‘अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य परीक्षण गरिएको थियो। दुवैको रिपोर्ट काेराेना पोजिटिभ आएको छ,’ मुख्यमन्त्री टोपेले भने, ‘उनीहरूका सदस्य जया बच्चन (अमिताभकी पत्नी) र ऐश्वेर्या राय (अभिषेककी पत्नी) को पनि कोरोना परीक्षण गरिएको छ, उनीहरूको रिपोर्ट आज आउँदैछ।’
Both #AmitabhBachchan and Abhishek Bachchan underwent Antigen test & they have tested positive for #COVID19. Other family members including Jaya Bachchan and Aishwarya Rai Bachchan were also tested, their results will come tomorrow: Maharashtra Health Minister Rajesh Tope pic.twitter.com/iXpuFJR1xQ
— ANI (@ANI) July 11, 2020

प्रतिक्रिया