छापा खबर


१४ वर्षीया किशोरीसँग विवाह गर्ने युवक जग्गेबाटै पक्राउ

१४ वर्षीया किशोरीसँग विवाह गर्ने युवक जग्गेबाटै पक्राउ

नेपालखबर
असार २६, २०७७ शुक्रबार ०:३,

विवाह भइरहेको अवस्थामा तनहुँबाट बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

व्यास नगरपालिका-११ बाट बालविवाह गर्ने गराउने ५ जनालाई पक्राउ गरिएको हो। स्थानीय १४ वर्षीया बालिकासँग विवाह गर्ने गोरखाको सहिद लखन गाउँपालिका-२ का २३ वर्षीय सन्तोष अर्याललाई मण्डपबताटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव परीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

तिमिल्सिनाका अनुसार उनीहरुको विधिवत रुपमा विवाह हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

‘बालिका बेहुलीको पोशाकमा सजिएर घुम्टो ओडी, सिउँदोमा सिन्दुर समेत हाली सकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो। बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितलाई समेत ५ जनालाई नियन्त्रणमा लिइएको छ,’ तिमिल्सिनाले भने।

उनीहरुलाई कानुन बमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

नयाँ मुलुकी संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पुरा गरेको हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad