राजनीति


जाेर्ज फ्लोएडका भाइले गहभरि आँशु पार्दै भनेः दाइको गर्धनमा प्रहरीले थिचिरहेको देख्दा...

जाेर्ज फ्लोएडका भाइले गहभरि आँशु पार्दै भनेः दाइको गर्धनमा प्रहरीले थिचिरहेको देख्दा...

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १:२८,

हिरासतमै मारिएका अफ्रिकी (काला जाति) अमेरिकी नागरिक जोर्ज फ्लोएडका भाइले प्रहरीको व्यवहारमा सुधार ल्याउन र पीडा दिने काम बन्द गराउन अमेरिकी सांसदलाई आग्रह गरेका छन्।

हाउस अफ रेप्रेजेन्टेटिभ्सको न्यायिक समितिको सुनुवाइमा बोल्दै जार्जका भाइ फिलिनिस फ्लोएडले गहभरि आँसु पार्दै भने, ‘मेरा दाइका बच्चाहरूले त्यो भिडिओ हेर्नुपरेको थियो। बडो पीडा भयो। कृपया एउटा मानवलाई त्यस्तो नगरियोस्। उहाँको जीवनको अर्थ थियो। हामी सबैको जीवनको अर्थ छ। अश्वेतहरूको जीवनको अर्थ छ।’

अमेरिकाको मिनिअपलिसमा गोरा जातिका एक प्रहरी अधिकारीले जोर्जलाई नियन्त्रणमा लिएर झन्डै ९ मिनेटसम्म गर्धनमा घुँडाले थिचेपछि उनको गत मे महिनामा मृत्यु भएको थियो।

जसको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंग तथा जातीय विभेदविरुद्ध व्यापक आन्दोलन भइरहेको छ।

घटनामा संलग्न चार प्रहरीलाई तत्कालै बर्खास्त गरिएको छ भने उनीहरूविरुद्ध अदालतमा अहिले हत्या मुद्दा चलिरहेको छ।

ह्युस्टनमा ४६ वर्षीय जोर्ज फ्लोइडको अन्तिम संस्कार गरिएको ज्ञ दिनपछि संसद्‌को तल्लो सदनको न्यायिक समितिमा सुनुवाइ गरिएको हो। जसमा सांसदहरूले नागरिक अधिकारकर्मी तथा कानुन कार्यान्वयन गराउने अधिकारीको धारणा सुनिरहेका छन्।

सोही क्रममा जोर्जका भाइले पनि आफ्ना कुरा राखेका हुन्। समितिमा बोल्दै ४२ वर्षीय फिलिनिस फ्लोएडले भने, ‘पीडा दिने काम बन्द गराउनुहोस् भन्नलाई म यहाँ आएको हुँ।’

उनले अगाडि भने, ‘मेरा दाइले सहयोगको याचना गरिरहँदा बेवास्ता गरियो। मैले, हाम्रो परिवारले र संसारका सडकबाट भइरहेका आह्वानलाई कृपया सुन्नुहोस्। सडकहरूमा प्रदर्शन गरिरहेका मानिसहरूले अब अति भयो भनिरहेका छन्।’

प्रहरीको हिंसा र जातीय अन्यायविरुद्ध लड्ने विषयसम्बन्धी प्रस्तावित विधेयकलाई समितिले जुलाई ४ तारिखसम्म तल्लो सदनमा पठाउने योजना बनाएको छ।

प्रहरीको व्यवहार र जातीय असमानताविरुद्ध देशव्यापी र अन्तर्राष्ट्रिय रूपमा पनि आवाज उठेपछि सांसदले विधेयक अघि सारेका हुन्।

विधेयकमा घाँटी अँठ्याउने कार्य गैरकानुनी हुने प्रस्ताव गरिएको छ भने जातीय भेदभावविरुद्ध प्रशिक्षण लागू गराउन भनिएको छ। स्राेत: बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad