छापा खबर


शरीरमा यसरी फैलिन्छ कोरोना संक्रमण

शरीरमा यसरी फैलिन्छ कोरोना संक्रमण

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार २:५,

संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारी घोषित गरेको छ।

यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै साढे ३१ लाखमा संक्रमण देखिएको छ ।

यसबारे वैज्ञानिक र चिकित्सकहरूले प्रत्येक दिन कुनै न कुनै नयाँ तथ्य पत्ता लगाइरहेका छन्। कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ भन्ने थाहा भए पनि यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ भन्नेबारे अनुसन्धान जारी रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। विज्ञहरूले यसमा केही नयाँ तथ्य पत्ता लगाएका छन्।

कोरोना भाइरस पानीको कणको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा प्रवेश गर्छ । संक्रमितले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा थुकको माध्यमबाट भाइरस हावामा प्रवेश गर्छ र आँखा, नाक र मुखबाट अर्को मानिसको शरीरका प्रवेश गर्छ।

हावामा रहेको भाइरस हातको माध्यमबाट मुख, नाक वा आँखा छुँदा पनि छालाको सतहमा रहन सक्छ, जुन सजिलै मुख, नाक, घाँटी हुँदै श्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्छ। सामान्यतया, कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा छोटो समयमा नै सजिलै सर्छ भन्ने थाहा भए पनि यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ भन्नेबारे भने अझै अनुसन्धान भइरहेको छ।

कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको आकारमा वृद्धि हुन्छ। सामान्यतया, आरएनए भाइरस शरीरमा प्रवेश गरिसकेपछि ती ६० एनएमदेखि १४० एनएम आकारसम्म वृद्धि हुन्छ। भाइरस माइक्रोस्कोपबाट हेर्दा निश्चित आकारमा देखिन्छन् । बिस्तारै स्वस्थ कोषहरूमा प्रवेश गरेर यसले क्षति पुर्याउँछ।

एन्युअल रिभ्यु अफ भाइरोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार, कोरोना भाइरस स्वस्थ कोषमा प्रवेश गरिसकेपछि पनि अन्य भाइरस विकसित हुन्छन्।

बिस्तारै कोष नष्ट हुँदै जान्छ र सो अंगको कार्य क्षमतामा ह्रास आउँछ। अहिलेसम्मको अध्ययनअनुसार, कोरोना भाइरसले फोक्सो, कलेजो, मुटु, मिर्गौला, पेट र आन्द्रामा बढी असर पारेको छ।

कोरोना भाइरस सुरुमा श्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्छ। यसले कोषहरू नष्ट गर्दै जाने र वायु थैली सुन्याउने हुँदा श्वास–प्रश्वासमा कठिनाइ हुन्छ। बिस्तारै भाइरसको संख्या बढ्दै गएपछि निमोनियाजस्ता जटिल खालका समस्या उत्पन्न हुन्छन्।

फोक्सो सुन्निने र सेप्सिसको समस्या गराउने भएकाले श्वास–प्रश्वासका साथै अन्य अंगमा समेत असर पर्न थाल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad