छापा खबर


लकडाउन उलंघन गर्ने क्रम बढ्यो : हावा खानेदेखि आँखा छल्नेसम्म सडकमा

लकडाउन उलंघन गर्ने क्रम बढ्यो : हावा खानेदेखि आँखा छल्नेसम्म सडकमा

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १:५७,

‘कहाँ जाँदै हुनुहुन्छङ पास देखाउनुस्।’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्‍याे।

‘बिरामीलाई औषधि पु¥याउन हिँडेको पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए। ‘कुन अस्पताल होङ बिरामीलाई फोन गर्नूस् त,’ प्रहरीले आग्रह ग¥यो।

यात्रु अलमलमा परे। उनीहरूले ढाँटेको पुष्टि भएपछि दुवैलाई एक घन्टा ‘होल्ड’मा राखेर छाडिएको खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्। काठमाडौँमा पछिल्लो केही दिन यता उनीहरूले जस्तै बन्दाबन्दी उल्लङ्घन गर्ने क्रम बढेको छ।

प्रहरीको तथ्याङ्क अनुसार बिहीबार मात्र बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार जना कारबाहीमा परेका छन् । सोमबार गृह मन्त्रालयले लकडाउन कडा गर्न आदेश दिएपछि प्रहरी प्रशासनले सबैलाई सोधपुछ गर्नुको साथै कारबाही पनि गर्न थालेको छ।

सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा गाडीको सङ्ख्या बाक्लै देखिन्छ।

भद्रकालीमा सोधपुछमा व्यस्त ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक विजय गौतमले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई मानवताको हिसाबबाट पठाउने गरेको तर छलकपट गर्नेलाई केही समय होल्डमा राखेर जहाँबाट आएको हो उतै पठाउने गरेको जानकारी दिए।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले बन्दाबन्दीको अवधि बढाएर वैशाख २५ गतेसम्म पु¥याएको छ तर सडकमा सवारी साधन बाक्लिन थालेका छन्। पासको पनि दुरुपयोग भइरहेको छ।

प्रहरी र ट्राफिक प्रहरी दुवैले चेकिङ कडा पारेका छन् । सडक खाली भएकाले तीव्र गतिमा गाडी दौडने तथा जाँच गर्न कठिन हुने भएपछि गाडी गुड्ने भाग नियन्त्रित गरिएको छ । सुरक्षाकर्मीले गुडेका सवारीको पास पूरै परीक्षण गरेर मात्र छाडिरहेका छन्। कतिपय हावा खान पनि बिना काम हिँडिरहेका छन्।

बानेश्वर चोकमा पनि दुईपाङ्ग्रे गाडी होल्डमा राखिरहेको थियो । सात महिनाकी गर्भवती निकिता थापाले बन्दाबन्दी भए पनि आफूलाई अस्पताल आवतजावतमा कठिनाइ नभएको बताइन्।

बन्दाबन्दीमा पनि प्रहरीको आँखा छलेर सेल्फी खिच्ने, हावा खान भनेर डुल्ने पनि देखिए । बबरमहलमा सेल्फी खिच्दै गर्नुभएका आकाश अधिकारी (नाम परिवर्तन) ले पछि आरकाइभको लागि फोटो खिचेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad