समाज


वैशाख २५ पछि लकडाउन नभए जेठ अन्तिममा एसईई परीक्षा सञ्चालन गर्न सुझाब

वैशाख २५ पछि लकडाउन नभए जेठ अन्तिममा एसईई परीक्षा सञ्चालन गर्न सुझाब

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार २:३९,

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसइई परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ।

कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई बिहीबार त्यस्तो सुझाव दिएको हो। २५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भर्ना प्रकिया अगाडि बढाउन पनि कार्यदलको सुझाब छ।

विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन कार्यदलले शिक्षामन्त्रीलाई बुझाइएको छ।

प्रतिवेदनलाई उच्चस्तरीय समितिमा र क्याबिनेटमा लगेर निर्णय गरिने शिक्षामन्त्री पोखरेलले बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ।

यस्तै, एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad