छापा खबर


युरोपकै यो मुलुक, जसलाई कोरोनाको कुनै मतलब छैन

युरोपकै यो मुलुक, जसलाई कोरोनाको कुनै मतलब छैन

नेपालखबर
चैत १६, २०७६ आइतबार ०:२८,

पछिल्लो समय युरोपेली मुलुक र अमेरिका कोरोनाको चपेटामा छन्।

चाइनाबाट सुरु भएको कोरोना संक्रमण अहिले युरोपका सबै देशमा फैलिन थालेको छ।

युरोपेली देशले केरोना नियन्त्रणका लागि दुई जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउने, विद्यालय कलकारखाना तथा उद्योगधन्दा बन्ददेखि सम्पूर्ण देश नै बन्द गरेका छन्।

तर, युरोपकै बेलारुसलाई भने कोरोनाबारे कुनै चिन्ता नभएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हालसम्म बेलारुसमा कोरोनाबाट संक्रमित ८६ जना भेटिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ।

तर, त्यहाँ भिडभाडमा हिँड्न कुनै रोकतोक छैन। न त विद्यालय, सिनेमा हल, क्लब, चर्चजस्ता भिडभाड हुने स्थानमा कुनै प्रतिबन्ध लगाइएको छ।

फुटबलका कुनै पनि कार्यक्रम स्थगित छैनन्। यहाँको जनजीवन अन्य अवस्थाजस्तै सामान्य रुपमा चलेको छ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकान्सेन्कोले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले कदम चालिहाल्न जरुरत भइनसकेको बताएका छन्।

सरकारले कोरोना नियन्त्रणका लागि खासै चासो नदेखाएपछि त्यहाँका जनता आफैँ सचेत बनेका छन्।

तर, लुकान्सेन्कोले भने कोरोनाको नाममा समाजमा आतंक फैलाइएको भन्दै त्यस्तालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

बेलारुसका विपक्षी नेताहरुले पनि कोरोना नियन्त्रणका लागि देश लकडाउन गर्न आवश्यक नभएको भन्दै राष्ट्रपतिको भनाईप्रति सहमती जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad