ad ad

छापा खबर


कोरोनाबाट बच्न प्रचण्डले चलाउन थाले दैनिक साइकल

कोरोनाबाट बच्न प्रचण्डले चलाउन थाले दैनिक साइकल

नेपालखबर
चैत १०, २०७६ सोमबार २:३५,

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएसँगै नेपालमा यसको संक्रमण नदेखिए पनि राजनीतिक नेताहरू आ–आफ्नो स्वास्थ्यप्रति विशेष चनाखो बनेका छन्।

आकस्मिकबाहेक भेटघाट पूर्ण रूपमा स्थगन गरेर शीर्ष नेताहरू रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्न थालेका छन्।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता निवासमै बस्ने, व्यायाम गर्ने र रोगप्रतिरोधात्मक भोजन सेवन गर्ने अभ्यासमा रहेको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड रोगसँग लड्नसक्ने क्षमता बढाउन घरभित्रै साइकल चलाउन थालेका छन्। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनले हरेक दिन दुई–तीन घण्टा साइकल चलाउन थालेका हुन्। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जुटेका छन्। उनीहरूले पनि सर्वजनिक भेटघाट भने बन्द गरेका छन्।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल सम्पूर्ण भेटघाट बन्द गरेर निवासमै बसेका छन्। वरिष्ठ नेता खनालले नेपाल भने, ‘भेटघाट सबै बन्द गरेर अध्ययनमा जुटेको छु, यस बीचमा केही पुस्तकसमेत लेख्दै छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .