कोरोना संक्रमणका कारण अन्योलमा रहेको सेयर बजार सोमबारदेखि यस साताभर बन्द हुने भएको छ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो।
बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गर्न लागेको हो, यो खबर आजको कोराबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।
विश्वभरी फैलिएको कोरोना भाइरसको कारणले मानिस जम्मा हुन तथा सेयरको साफसाफ गर्नसमेत समस्या हुने भएकाले तत्कालका लागि कानुनबमोजिम कारोबार रोका गरिएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए।
प्रतिक्रिया