ad ad

छापा खबर


पाँचथरमा अनौठो घटनाः जसले बनाए मर्नुअगाडि नै आफूलाई गाड्ने चिहान

पाँचथरमा अनौठो घटनाः जसले बनाए मर्नुअगाडि नै आफूलाई गाड्ने चिहान

नेपालखबर
चैत १०, २०७६ सोमबार २:१९,

आफू मरेपछि गर्ने संस्कारका बारेमा आफ्नो परिवारका सदस्यलाई भन्ने मान्छे निकै छन् तर मरेपछि आफ्नो लास गाड्ने ठाउँ चिहान बनाउने मान्छे बिरलै होलान्।

पाँचथरको फालेलुङ गाउँपालिका ८ याङनामको सुर्के नागरिका मनप्रसाद कुरुम्बाङ र बुधमती नेम्वाङले १ लाख १२ हजार खर्च गरेर आफ्नै चिहान बनाएका छन्।

आफू जीवित हुँदै आफ्ना छोराछोरीलाई म मरेपछि मेरो लास यो ठाउँमा यसरी गाड्ने भन्छन्, उनीहरू। ‘हामी मरेपछि हामीलाई संस्कारअनुसार गाड्ने चलन छ, त्यो बेला मलामीलाई दुःख नहोस् भनेर सिमेन्टको पक्की चिहान बनाएका हौं,’ कुरुबाङ भन्छन्।

दुईवटा शव लगाउन मिल्ने प्वाल भएको पक्की चिहानको माथि कर्कटपाताको छानासमेत लगाइएको छ, यो खबर आजको नेपाल समाचपत्रमा गणेश साम्पाङले लेखेका छन्।

कुरुम्बाङ दम्पतीले मृत्यु हुनुभन्दाअघि नै चिहान निर्माण गर्नुलाई समाजमा निकै अनौठो मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .