छापा खबर


वैज्ञानिकले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य, जाग्यो नयाँ आशा

वैज्ञानिकले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य, जाग्यो नयाँ आशा

नेपालखबर
चैत ६, २०७६ बिहिबार ०:५४,

कारोना भाइरस (कोभिड-१९) अहिले लगभग विश्वभर फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ।

कोभिड १९ निर्मूल पार्न दुनियाँभरका वैज्ञानिक आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्।

यसैबीच अस्टे«ेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अस्टे«लियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लगाएका छन्।

वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए।

जसबाट शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको हो।

मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्नेबारे नक्सांकन भएको र यसको निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकले गरेका छन्।

कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेकी छन्। यसले कोरोनाबाट बच्न मुस्किल भए पनि असम्भव भने नभएको इसारा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad