सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन साबुनपानीले राम्रोसँग हात धुन सल्लाह दिँदै आएको छ।
तर, नेपालका आधाभन्दा बढी नागरिकमा साबुनपानीले हात धुने सुविधा नभएको संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) ले जनाएको छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
युनिसेफले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको सहरी क्षेत्रमा समेत धेरै मानिसमा साबुनपानीले हात धुने सुविधा छैन।
सहरी क्षेत्रका ३३ प्रतिशत मानिसमा साबुनपानीले हात धुने अभ्यास नभएको सुनिसेफले जनाएको छ।
सर्वसाधारणका घरमा मात्रै होइन, स्वास्थ्य संस्थामा पनि साबुनपानी उपलब्ध छैन।
नेपालका ५४ प्रतिशत स्वास्थ्य संस्थाका बिरामी जाँच्ने स्थानमा हात धुने सुविधा नभएको युनिसेफको तथ्यांक छ।

प्रतिक्रिया