छापा खबर


नेपालमा हाई अलर्ट, आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्द

नेपालमा हाई अलर्ट, आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्द

नेपालखबर
चैत ६, २०७६ बिहिबार ०:४,

 

कोरोना रोकथामको उपायस्वरूप सरकारले कोरोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाएको हो।

यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ । यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन नपाउने खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र केदार दाहालले लेखेका छन्।

तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया र अमेरिकी मुलुकबाट नेपाल आउन भने बन्देज छैन । चीन र भारतबाट उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने हुनाले आवागमन ठप्प गर्न अव्यावहारिक हुने सरकारी स्रोतको तर्क छ।

तर, सिंगापुर र थाइल्यान्डबाट आउन रोक लगाउन नसकेको विषयमा सरकारसँग स्पष्ट जवाफ छैन । अमेरिकी मुलुकका यात्रु पनि सिंगापुर, थाइल्यान्ड र चीनलाई ट्रान्जिट बनाएर नेपाल आउन पाउनेछन् । तर, हङकङबाहेक चीनका अन्य सहरलाई ट्रान्जिट बनाएर यात्रुहरू नेपाल आउन यो अवधिमा सम्भव छैन ।

खाडी र खाडीको बाटोबाट आउने यात्रुलाई बन्देज लागेपछि शुक्रबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल भने ठप्पजस्तै हुनेछ । अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने सूचना विमानस्थल कार्यालयलाई पठाइसकेका छन्।

‘सरकारको निर्णयपछि नेपालीसमेत आउन रोकिने भएकाले विमानस्थल ठप्पजस्तै हुनेछ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।

सरकारले फिल्महल, डिस्को, डान्सबार, जिम, रंगशाला, स्विमिङपुल पनि बन्द गर्ने निर्णय गरेको छ । यी स्थानहरू अहिलेलाई १८ वैशाखसम्म बन्द गर्ने निर्णय भएको छ।

सरकारले विद्यालय, सिटिइभिटीदेखि विश्वविद्यालयसम्मका पठनपाठन र परीक्षा स्थगित गरेको छ । बिहीबारबाट सुरु हुने एसइई परीक्षा केही घन्टाअघि मात्रै स्थगित गर्ने निर्णय भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad