कोरोना भाइरस संक्रमणले संसारमै एकै दिनमा एउटै देशमा अहिलेसम्मकै बढी मृत्यु भएको छ।
विश्वव्यापी महामारी बनिरहेको यो भाइरसको संक्रमणले इटालीमा एकै दिनमा अर्थात् २४ घण्टाभित्र विश्वमै अहिलेसम्मकै अत्यधिक संख्यामा मानिसको मृत्यु भएको हो।
समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणका कारण इटालीमा गत २४ घन्टामा ४ सय ७५ जनाको मृत्यु भएको हो। जुन संख्यामा यो संक्रमणका कारण अहिलेसम्म मृत्यु भएको थिएन।
बीबीसीका अनुसार कोरोनाबाट इटालीको सबैभन्दा बढी प्रभावित क्षेत्र लोम्बार्डी हो, जहाँ मात्रै एकै दिनमा ३१९ जनाको मृत्यु भएको छ।
योसँगैै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ९७८ पुगेको छ।
काेराेना भाइरसकाे उत्पत्तिस्थल चीनपछि यसकाे संक्रमणबाट विश्वको सबैभन्दा बढी प्रभावित देश इटाली नै हाे।
काेराेनाका कारण विश्वभर अहिलेसम्म ७ हजार ५८८ जनाकाे मृत्यु भइसकेकाे छ। जसमध्ये धेरै मानिस चीनका छन्।
तर पछिल्लाे समय याे महामारी चीनमा नियन्त्रण भएकाे छ भने युराेपमा व्यापक बनेकाे छ।

प्रतिक्रिया