नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल बुधबारदेखि सकिएको छ।
गैरबैंकिङ क्षेत्रको पृष्ठभूमिबाट केन्द्रीय बैंकको नेतृत्वमा पुगे पनि वित्तीय प्रणालीलाई सही दिशा दिन सफल १६ औं गभर्नरका रूपमा आफ्नो छाप छोड्दै नेपालले आफ्नो कार्यकाल पूरा गरेका खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।
आफूलाई नियुक्त गरेको सरकार नहुँदा पनि वित्तीय प्रणालीका लागि हित हुने निर्णय एकपछि अर्को गर्दै आएका गभर्नर नेपालले आफ्नो निर्णय फिर्ता नै लिनु परेको भन्ने अवस्था रहेन।
फरक राजनीतिक पार्टीको सरकार भएको अवस्थामा पनि आफ्ना निर्णयहरूको पूर्ण कार्यान्वयनमा कुनै सम्झौता नगरेका नेपाल आफ्नो कार्यकालमा केही विषयमा भने चुकेको देखिन्छ।
खासगरी वामपन्थी सरकारले बजारको बढ्दो व्याजदरको सन्दर्भमा चासो देखाएर केही विवादित भएका गभर्नर नेपालले मौद्रिक नीतिमार्फत त्यसलाइ पनि सुरक्षित अवतरणको प्रयास गरे।
तर, उनले गरेको प्रयासमा विग मर्जर र ब्याजदर करिडोर प्रभावकारी हुन नसकेको भए पनि समग्रमा कार्यकाल सफल रहेको जानकारहरू बताउँछन्।
Shares

प्रतिक्रिया