‘इच्छाशक्ति’ भनेको कस्तो हुन्छ? बिपी कोइरालाबाट सुनेको थिएँ। आज त्यस्तो दृढ र अद्भूत इच्छाशक्ति भएको मान्छेका रूपमा केपी ओलीलाई देखिरहेको छु।
आज चैत ५ बुधबारको जनआस्था साप्ताहिकमा ‘दिल्लीमा मैले केपी ओलीलाई जस्तो देखें’ शीर्षकमा जयप्रकाश आनन्द (गुप्ता) लेख्छन्ः
मैले अहिलेका प्रधानमन्त्री केपी ओलीजीलाई फरक फरक अवस्थामा दुईपटक दिल्लीमा भेटें। पहिलोचोटि अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्न जानुभएको थियो।
प्रत्यारोपणपछिको पहिलो स्वास्थ्य परीक्षण तालिकाअनुसार दिल्ली पुग्दा उहाँ सवा महिना बस्नुभयो।
...मैले भेट्दा इन्डोनेसियन बाटिक सर्ट र पाइन्ट लगाएर बस्नुभएको थियो। रत्ति पनि लागेन कि उहाँ मिर्गाैला ट्रान्सप्लान्ट गराएको मान्छे हो।
मैले दुई जना त्यस्ता मान्छे देखेको छु मिर्गाैला प्रत्यारोपणलगत्तै निधन भएको। तर केपीजीमा प्रत्यारोपण त के सामान्य रुघाखोकी पनि छजस्तो नदेखिने।

दोस्रोपटक फेरि ६ महिनापछि उहाँ दिल्ली पुग्नुभयो। संयोगले त्यसबेला म पनि दिल्ली पुगें। कृषि मन्त्री थिएँ।
म होटल ताजमानसिंहमा बसें। उहाँ पनि त्यहीं हुनुहुँदोरहेछ। ...मेरो काँधमा हात राख्नुभयो र ‘अच्छा जेपीजी भन्दै कुरा अगाडि बढाउनुभयो, ‘आज फेरि साँझ हामी जम्नुपर्छ।’
...राति १ बजेसम्म बस्यौं। उहाँमा रत्ति पनि थकान, आलस्यता पाइएन। ‘ल कमरेड, अब जाऔं,’ हामीले भन्यौं।
मलाई त्यही दिन लागेको हो, उहाँ अचम्मको बिन्दास मान्छे हो। स्वास्थ्यप्रति आशावादी पनि। यसपालि ओली बिरामी हुँदा ती दुई घटना सम्झेर साथीभाइलाई भनें, ‘यो मान्छेको आधा बिरामी इच्छाशक्तिले निको पारेको छ।’
केपीजीले सकारात्क उपलब्धिमा लगाउन सक्ने हो भने यो इच्छाशक्तिले धेरै राम्रो परिणाम दिन सक्छ।
...म आश गर्छु, उहाँ अझै जवान हुनुहोस्, देशलाई सकारात्मक उपलब्धितर्फ डोर्याउन सफल हुनुहोस्। शुभकामना प्रधानमन्त्रीज्यू!
Shares

प्रतिक्रिया