छापा खबर


फेरि खोसियो प्रचण्डको कार्यकारी कुर्सी!

फेरि खोसियो प्रचण्डको कार्यकारी कुर्सी!

नेपालखबर
चैत ५, २०७६ बुधबार ३:७,

‘तपाईंहरूको दबाब भनौं कि सदासयता मानौं, कार्यकारी अध्यक्षका रूपमा काम गर्ने भन्ने (कुरा)भयो। तर अहिले लाग्दै छ, म कार्यकारी हुँ कि होइन?’

अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो सुनाएपछि एकापसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन।

‘त्यही त के गरेको होला यस्तो?’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा सबभन्दा बढी प्रचण्ड नै परेका छन् भन्ने भावले बुझाउँथ्यो। उनले भने, ‘वामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो। तर आजसम्म कार्यान्वयन हुन सकेन।’

खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा आफू घेराबन्दीमा परेको महसुस गर्नाले प्रचण्डमा निहित कार्यकारी अध्यक्षको भूमिका खोसिएको हुनुपर्छ, आज चैत ५ बुधबारको जनआस्थाले लेखेको छ।

त्यसपछिका बैठकमा अरूलाई जस्तै प्रचण्डलाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्नान कुरा सर्तीसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुंग्याइदिने चलन चल्यो! प्रधानमन्त्रीले नै बैठक टुंग्याइदिएपछि सचिवालय सदस्य जर्‍याकजुरुक उठ्ने नै भए।

‘हैन, हैन कुरा बाँकी नै छ’ भन्दा पनि नसुनेझैं प्रम बाटो लाग्नुभएकामा प्रचण्डको चित्त दुखाइरहेछ।

सभामुख चयनपूर्व प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने भनियो। उनले धुम्बाराहीमा एउटा सचिवालय र एउटा स्थायी कमिटी बैठकको एकल अध्यक्षता पनि गरे। तर त्यसपछि मौकै दिइएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad