वैज्ञानिकलाई यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन्।
त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’को जस्तो रहेको वैज्ञानिकले जानकारी दिएका खबर आजको राजधानी दैनिकले छापेको छ।
यो तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ। तर यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै रहेको बताइएको छ।
यो खगोलिय पिण्ड दुईवटा ह्वाईट ड्वार्फ तारा जोडिएर बनेको विश्वास गरिएको छ।
शक्तिशाली सुपरनोभाका रुपमा त्यस्ता ताराको विस्फोट हुन्छ। ताराको ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छ।
वरिक विश्वविद्यालयका डा मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुने।
3
Shares
प्रतिक्रिया