ad ad

छापा खबर


झ्यालबाट संसद छिर्ने र प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा

झ्यालबाट संसद छिर्ने र प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ०:४५,

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ।

झ्यालबाट संसद प्रवेश गर्ने गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध सुरु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाइए पनि यो विषय गोप्य राख्ने निर्णय पार्टीले गरेको थियो।

तर, संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्बाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि पनि भुमरीमा पर्ने सम्भावना बढेको छ।

सोमबार नेता नेपालसँग भएको छलफलमा नेम्बाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाब दिएका छन्।

कांग्रेस नेता कृष्ण सिटौलाले वामदेवलाई प्रधानमन्त्री बनाउने उद्देश्यले गर्न खोजिएको संविधान संशोधन राष्ट्रको विषय बन्न नसक्ने बताएका छन्।

राजनीतिक विश्लेषक कृष्ण खनालले यो विषय टिप्पणी गर्न पनि लाज लाग्ने खालको भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .