छापा खबर


सात हजार नेपाली काम गर्ने कोरियाको थेगु सहरमा कोरोनाको महामारी

सात हजार नेपाली काम गर्ने कोरियाको थेगु सहरमा कोरोनाको महामारी

नेपालखबर
फागुन ११, २०७६ आइतबार ०:३८,

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर।

यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, करण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण।

आजको कान्तिपुर दैनकिमा गोकुल थोकरले सोलबाट लेखेको समाचारअनुसार कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन्।

कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ।

तर थेगुमा केही दिनयता हवात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन्।

थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण भएको छ। यो संगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ। दुईको मृत्यु भएको छ।

थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन्।

भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बबताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad