छापा खबर


कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

नेपालखबर
फागुन ११, २०७६ आइतबार ०:३०,

देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ।

कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० नम्बर ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन्। यो खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।

नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था छ। शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ।

एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ।

यसरी आन्तरिक २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेकाे समग्रमा डी प्लस ग्रेड आउँछ। यसरी डी प्लस ल्याउनेले विश्वविद्यालयमा भर्ना पाउँछ।

अहिलेसम्म कक्षा ११ र १२ मा बाह्य र आन्तरिक परीक्षामा छुट्टाछुट्टै अंक राख्ने गरिएको छ । सैद्धान्तिक परीक्षामा समेत डी प्लस ल्याएका विद्यार्थीको मात्र राष्ट्रिय परीक्षा बोर्डबाट ट्रान्सक्रिप्ट जारी हुन्छ।

सैद्धान्तिक र आन्तरिकको एउटै कोड नम्बर राख्नु र दुवैको अंक जोडेर एकीकृत रूपमा ग्रेड प्राप्त गर्ने व्यवस्थाले निकै कमजोर विद्यार्थीसमेत उच्च शिक्षाका लागि दाबेदार हुने विज्ञको दाबी छ। कक्षा ११ मा आगामी शैक्षिकसत्रदेखि र कक्षा १२ मा एक वर्षपछि नयाँ पाठ्यक्रम लागू हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad