छापा खबर


वामदेवलाई सांसद बनाउने नेकपाको तयारी

वामदेवलाई सांसद बनाउने नेकपाको तयारी

नेपालखबर
फागुन ११, २०७६ आइतबार ०:४६,

राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेको नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो। यसअघि मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ।

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको छ। यो खबर आजको नयाँ पत्रिकामा नेत्र पन्थी शुरोजंग पाण्डे मिलेर लेखेका छन्।

डेढ वर्षको कसरतपछि गौतम ‘मनोनित सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन्।

‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको छ। औपचारिक निर्णय हुन बाँकी छ। कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ,’ नेकपा सचिवालयका एक सदस्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad