ad ad

छापा खबर


प्रधानमन्त्री ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुँदै

प्रधानमन्त्री ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुँदै

नेपालखबर
फागुन १, २०७६ बिहिबार १:१०,

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मृतिमा कार्यक्रम राखिएको छ।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेको समाचार अनुसार तत्कालिन माओवादीले जनयुद्ध थालनी भएको दिन भन्दै फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरुको स्मृतिका रुपमा लिन थालिएको हो।

गत वर्ष पार्टी महिासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुबै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएका थिएनन्।

आजको कार्यक्रममा भने दुबै अध्यक्ष सहभागी हुने नेकपाका नेता ईश्वरी रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .