कोरोना भाइरसको आशंका गरिएका व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार भएका छन्। सातादेखि फरार ती नागरिकको खोजी भइरहे पनि फेला परेका छैनन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जँचाउने क्रममा साउदी अरबका ती नागरिक फरार भएका हुन्।
स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको आशंकामा निगरानीमा राख्नुपर्ने भएपछि ती फरार भएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।
चीन हुँदै नेपाल आएका ती नागरिकलाई सामान्य रुघाखोकी र ज्वरो आएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिले कोरोना भाइरसको आशंकामा एक चिनियाँ र चीनबाट आएका दुई जना नेपालीलाई निगरानीमा राखिएको छ।
उनीहरूको परीक्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ।
प्रतिक्रिया