ad ad

छापा खबर


ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

नेपालखबर
फागुन १, २०७६ बिहिबार १:३,

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै बुधबार सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

नीतिगत निर्णयका नाममा व्यक्तिले गरेका काम कारवाहीबाट उन्मुक्ति नमिल्ने दाबीसहित वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले रिट दायर गरेका हुन्।

निर्वाचन घोषणपत्रमा उल्लेख भएका कुरा लागू गर्ने क्रममा मन्त्रिपरिषदले गरेको निर्णय मात्र नीतिगत हुने नजिर सर्वाेच्चबाटै प्रतिपादन भएको भनाइ नेपाउनेको छ।

नेपाल र भट्टराईलाई उन्मुक्ति दिने उद्देश्य देखिएको भन्दै पुनः अनुसन्धान गरी कारबाही गर्न रिटमा माग छ।

संविधानसभा निर्वाचनमा पराजित भएपछि सरकारी कोटाबाट सभासद बनेर प्रधानमन्त्री भएका व्यक्तिले गरेका निर्णय नीतिगत भित्र नपर्ने दाबी उनको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .