हुम्लाको नाम्खाबाट सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि उद्धार गरिएको छ।
बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो।
तामाङलाई शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
नाम्खा हिमालपारिको गाउँ हो। सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्।
व्यथा लागेको भोलीपल्ट मात्रै हेलिकप्टर आएर उद्धार गरेको तामाङका श्रीमान् आङ्दिन तामाङले बताए।

प्रतिक्रिया