छापा खबर


कोरोना र एचआईभी भाइरसको आनुवांशिकता एउटै!

कोरोना र एचआईभी भाइरसको आनुवांशिकता एउटै!

नेपालखबर
माघ १९, २०७६ आइतबार १:०,

ग्रीसको ल्याटिन भाषाबाट आएको शब्द कोरोनाबाट कोरोना भाइरस बनेको हो। ल्याटिनमा कोरोनाको अर्थ ताज (क्राउन) हो।

चीनबाट फैलिएको भाइरसलाई नोेवेल कोरोना भाइरस भनिन्छ, जसको नाम २०१९-एनसीओभी राखिएको छ। चिनियाँ विशेषज्ञले यो भाइरस सार्ससँग ८० प्रतिशत मिलेको बताएका छन्। सार्सले सन् २००२ र १००३ गरी ७ सय ५० जनाको ज्यान लिएको थियो।

डब्लूएचओका अनुसार भाइरस समूहमा ६ वटा प्रजातिका भाइरस सूचीकृत छन्। तर चीनमा देखिएको भाइरस नौलो हो र यो सातौं प्रकारको हो। जीवविज्ञका अनुसार भाइरस २ प्रकारका हुन्छन्- आरएनए र डीएनए। आनुवांशिकताका आधारमा छुट्याइएका यी भाइरसमा आरएनए भाइरसको संख्या बढी छ।

इबोला, एअचाईभी र कोरोना आरएनए भाइरस हुन्, आज माघ १९ को नेपाल साप्ताहिकमा सुनिता लोहीनीले लेखेकी छन्। आरएनए भाइरसलाई खतराको सूचीमा राखिएको छ।

आनुवांशिकता भन्नु जिन छिटोछिटो परिवर्तन हुनु हो। यसले गर्दा भाइरसको प्रकार पनि बढ्दै गएको चिकित्सक एवं कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट वसुधा श्रेष्ठ बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad