छापा खबर


सुदखोर रामबाबुले २८ ऋणीबाट २० करोड ठगेको भेटियो

सुदखोर रामबाबुले २८ ऋणीबाट २० करोड ठगेको भेटियो

नेपालखबर
माघ १९, २०७६ आइतबार ०:५५,

सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ।

अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।

तर, २२ दिन लामो अनुसन्धानपछि प्रहरीले दुवैको मुद्दा भने तीन दिनभित्रै अदालतमा दर्ता गर्ने तयारी गरेको छ । ‘साहुकार रायले मात्रै २८ जनासँग २० करोड ठगी गरेको भेटिएको छ । तर, रौनियारविरुद्ध सातजनाको मात्रै उजुरी परेको छ । उनी फरार रहेकाले डराएर उजुरी कम आएको हुन सक्छ, उनको हकमा अझै अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलले भने ।

सोमबारसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए ।

साहुकारले ऋण दिँदा धितो राखेको ऋणीको जग्गा रजिस्ट्रेसन नै पास गरेर हडपेका छन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि २३ पुसमा प्रहरीले सर्लाहीकै हरिपुरबाट रायलाई पक्राउ गरेको थियो ।

भेष बदलेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी हिरासतमा छन् । फरार रौनियार विहारको सीतामढीमा लुकेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए ।

२३ पीडितले रामबाबु र सञ्जयविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि हाले मुद्दा
साहुकार राय र रौनियरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा अस्वाभाविक सम्पत्ति जम्मा गरेको देखिएपछि विभागले अनुसन्धान थालेको हो । ठगिएका २३ जनाले उनीहरूको सम्पत्ति छानबिनका लागि जाहेरी दिएका थिए।

‘साहुकार राय र रौनियारविरुद्ध जाहेरी आएका छन् । प्रहरी अनुसन्धानमा पनि उनीहरूको सम्पत्ति अस्वाभाविक देखिएको छ,’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धान सुरु भएको छ सम्पत्ति शुद्धीकरण विभाग स्रोतले राय र रौनियरविरुद्ध अनुसन्धान सुरु भएको जानकारी दियो । स्रोतले भन्यो, ‘साहुकार राय र रौनियरविरुद्ध जाहेरी आएका छन् । तर, मुद्दा संवेदनशील भएकाले अहिल्यै थप नबोलौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad