ad ad

छापा खबर


अब जन्मँदै छोरीलाई तीन लाख!

अब जन्मँदै छोरीलाई तीन लाख!

नेपालखबर
माघ १८, २०७६ शनिबार ०:४१,

प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा जनकपुरबाट अजित तिवारीले लेखेका छन्।

प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो।

नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन्।

‘प्रदेश २ का छोरीहरु अब जन्मनेवित्तिकै तीन लखिया हुनेछन्,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .