ad ad

छापा खबर


उहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी, ल्याएपछि कहाँ राखिन्छ उनीहरूलाई?

उहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी, ल्याएपछि कहाँ राखिन्छ उनीहरूलाई?

नेपालखबर
माघ १८, २०७६ शनिबार ०:२८,

सरकारले नोवल कोरोना भाइरसको उदगमस्थल चीनको उहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए। तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीन अनुमति दिनेछ।

मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको जानकारी दिए।

गम्भीर संक्रमणमा रहेका बेला विद्यार्थी फिर्ता ल्याएर तत्काल आइसोलेसनमा राख्न नसके थप खतरा बढ्ने भएकाले सरकारले प्राथमिकतामा राखेर घरफिर्तीको समन्वनय गरिरहेको उनले बताए। यो खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन्।

आइसोलेसनमा राख्न सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताललगायत स्थानबारे मूल्यांकन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .