छापा खबर


विप्लवको सशस्त्र समूह उपत्यका प्रवेश!

विप्लवको सशस्त्र समूह उपत्यका प्रवेश!

नेपालखबर
माघ ७, २०७६ मंगलबार १:२१,

नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन सुरु गरेपछि सरकारले सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ।

ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौँ ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट भएपछि विप्लवको सक्रियता बढेको निष्कर्ष प्रहरीले निकालेको खबर आजको समाचारपत्र दैनिकमा दीपक रिजालले लेखेका छन्।

सुरक्षा निकायले अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै मझबुत बनाएको छ।

सिंहदरबार वरिपरी २४ सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

बिस्फोटपछि ठाउँ ठाउँमा छापा मारेर १ सय भन्दा बढी संकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

रातहतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लवका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने सूचना आएपछि अहिले राजधानीका केही ठाउँलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad