छापा खबर


साढे दुई वर्षमा सात हजार प्रहरीको राजिनामा, प्रहरीमा किन बढ्दै छ निराशा?

साढे दुई वर्षमा सात हजार प्रहरीको राजिनामा, प्रहरीमा किन बढ्दै छ निराशा?

नेपालखबर
माघ ७, २०७६ मंगलबार १:१,

नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ।

विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको छ।

पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ। कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४\७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक, २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।

आर्थिक वर्ष २०७५–७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।

यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन्।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए।

२०७४\७५ मै प्राविधिक तर्फकी डीआईजी शिला कंसकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी थिइन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भने समग्रतामा राजीनामाको क्रम नबढे पनि केही वर्षको तथ्यांकले त्यस्तो देखाएको बताए।

जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । विगत साढे दुई वर्षको अवधिमा ४ हजार ६२६ जनाले राजीनामा दिएका छन्।

अर्कातर्फ प्रहरीभित्र वरिष्ठ प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्यांकनलगायत कारणले कनिष्ठ प्रहरीहरूले राजीनामा दिने गरेको पाइएको छ।

यस्तै, १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू राजीनामा दिएर अन्य पेसामा जाने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad