छापा खबर


नेकपामा वामदेव यसरी बन्दैछन् शक्तिशाली नेता

नेकपामा वामदेव यसरी बन्दैछन् शक्तिशाली नेता

नेपालखबर
माघ ७, २०७६ मंगलबार ०:५०,

नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ।

मौजुदा नियमावलीमा संगठन विभागको अधिकार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ। हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ।

पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन्। उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ। अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन्।

त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र वीरेन्द्र ओली मिलेर विश्लेषणात्मक खबर लेखेका छन्। यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ।

अहिलेको संगठनात्मक संरचनाअनुसार नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा झलनाथ खनाल र चौथोमा माधवकुमार नेपाल छन्। नौ सदस्यीय सचिवालयमा गौतम पाँचौं वरियताका नेता हुन्।

तर नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad