छापा खबर


मलाई नेकपाले निर्देशन दिन मिल्दैन : तुम्बाहाङफे

मलाई नेकपाले निर्देशन दिन मिल्दैन : तुम्बाहाङफे

नेपालखबर
माघ १, २०७६ बुधबार १:२८,

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख पदमा दाबी नछाड्ने बताएकी छन्।

उनले माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने पनि बताइन् । ‘लडाइँ अन्तिमसम्म कायम रहन्छ,’ नुवाकोटमा गोसाइँकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा पुगेकी तुम्बाहाङफेले भनिन्।

उपसभामुख तुम्बाहाङ्फेले संविधानअनुसार आफू निर्वाचित भई शपथ लिएर आएकाले कुनै दलले छाड् भन्दैमा पदबाट राजीनामा नदिने बताइन्। दलले राजीनामाका लागि निर्देशन दिन नसक्ने उनको भनाइ थियो।

‘प्रतिनिधिसभा सार्वभौम संस्था हो । मैले संविधानलाई कार्यान्वयन गर्छु भन्दा एउटा दलले मलाई निर्देशन दिन सक्दैन,’ उनले भनिन् ।

उपसभामुखलाई राजीनामा गराएर प्रतिनिधिसभालाई दलहरूले नेतृत्वविहीन बनाउन नमिल्ने उनले बताइन् । संविधानले बीचमा पद खाली बनाउने अवस्था किटान नगरेको उनको जिकिर थियो ।

उनले दलहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहन पनि आग्रह गरिन् । ‘प्रतिनिधिसभालाई रिक्त बनाएर तुरुन्तै राजीनामा दिनेवाला छैन । जब दलले आफ्नो उम्मेदवार तय गर्छ, तब म राजीनामा दिन्छु,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad