ad ad

छापा खबर


‘राम्री’ च्याप्दै कमरेडहरु कुलेलम!

‘राम्री’ च्याप्दै कमरेडहरु कुलेलम!

नेपालखबर
पुस २३, २०७६ बुधबार ३:१,

दुनियाँ बदल्न हिँडेका मान्छेहरु नै यसरी बदलिए कि, सुन्दा पनि घृणा लाग्ने।

निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरुको हकमा लागू नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन विताउन बाध्य छन्।

यो खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।

सुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट। उनका प्रमुख स्कीय सचिव हुन्, जोखबहादुर महरा।

आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति। तर, उनैका छोराहरुले पत्नीलाई सडकतिरै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमाशा गरेका छन्।

जोखबहादुरका दुई छोरामध्ये जेठा हुन्, रत्न। म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएपछि उनलाई सीता शाहसँग दाम्पत्य जीवन बिताइरहन मन लागेन र अर्कीसँग दिल बसेपछि पत्नीलाई बिचल्ली बनाए।

अहिले सीता राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छिन्।

कान्छा छोरा हन्, तुकमान। उनले १४ वर्षकै उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसँग विवाह गरेका थिए।

एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव। तर, एकीकरणपछि बनेको अनेरास्ववियुमा तुकमान कतै राखिएनन्।

कारण हो, जेठी पत्नी मनिषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु, र परिवारसँग सम्पर्कविहीन हुनु।

जनयुद्ध कालमा पाँचौँ डिभिजन कमाण्डर थिए सुनिल थापा। उनका छोरा विजयले पनि पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग घरजम गरे।

उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला हो, रोल्पा।

त्यही जिल्लाको एउटा गाउँपालिकाका अध्यक्ष हुन्, गुणिन्द्र घर्ती। उनका पनि दुई पत्नी छन्।

बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएका थिए। फुकुवापछि गाउँपालिका अध्यक्ष जिते।

मणिराम बुढाथोकी गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन्। उनकी त झन् तीन चारवटी पत्नी।

रोशनी शाहीसँगको सम्बन्धको कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौँ आउँदा ‘हामीले गल्ती गर्यौं भनेको त ठिकै पो गरेका रहेछौँ’ भन्दै हाँसिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .