ad ad

छापा खबर


अमेरिका-इरान द्वन्द्व : होला तेस्रो विश्वयुद्ध ?

अमेरिका-इरान द्वन्द्व : होला तेस्रो विश्वयुद्ध ?

नेपालखबर
पुस २३, २०७६ बुधबार २:४४,

इरानले आफ्ना जनरलको हत्याको बदला लिने चेतावनी दिएको छ। अमेरिकाले इरान बदलामा उत्रिए उसको अस्तित्व नै नामेट पािरदिनेसम्मको धम्की दिएको छ।

विश्व अमेरिका तथा इरानका पक्षविपक्षमा खडा भएको जस्तो देखिएको छ। योसँगै तेस्रो विश्वयुद्धको सम्भाव्यताबारे चर्चा हुन थालेको छ।

आज बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित ‘यसरी पसेको थियो इरानमा अमेरिका’ लेखमा नारायण पौडेल अगाडि लेख्छन् : अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, पहिलो र दोस्रो विश्वयुद्धको नमिठो अनुभव, सूचना प्रविधिमा भएको अकल्पनीय प्रगति आदिका कारण तेस्रो विश्वयुद्ध कुनै नेता वा देश विशेषले चाहँदैमा हुने देखिँदैन।

सिरिया, इराक, अफगानिस्तानमिाथ अमेरिकी आक्रमण हुँदा पनि तेस्रो विश्वयुद्धको चर्चा नभएको होइन। फरक यत्ति हो, यी देशभन्दा इरान शक्तिशाली छ। तेस्रो विश्वयुद्ध नभए पनि अब इरान र अमेरिकाबीच टकाराव बढ्ने निश्चित छ।

भुल्न नहुने पक्ष अमेरिकाको आन्तरिक राजनीति र राष्ट्रपति निर्वाचन पनि हो। ट्रम्पलाई तल्लो सदनले महाभियोग लगाएको छ। सिनेटमा यसबारे छलफल हुनेवाला छ। राष्ट्रपति विल क्लिटन्टनमाथि महाभियोग विचाराधीन रहेकै बखत उनले इराकमा बमबारी गरेका थिए। महाभियोगबाट बहस अन्यत्र मोड्न आक्रमण गरेको विरोधीले आरोप लगाएका थिए। अहिले त्यसैको पुनरावृत्तिका रूपमा पनि सुलेमानीको हत्या र सम्भाव्य युद्धलाई हेरिएको छ।

पौडेल अगाडि लेख्छन् :  भुल्न नहुने पक्ष अमेरिकाको आन्तरिक राजनीति र राष्ट्रपति निर्वाचन पनि हो। ट्रम्पलाई तल्लो सदनले महाभियोग लगाएको छ। सिनेटमा यसबारे छलफल हुनेवाला छ। राष्ट्रपति विल क्लिटन्टनमाथि महाभियोग विचाराधीन रहेकै बखत उनले इराकमा बमबारी गरेका थिए। महाभियोगबाट बहस अन्यत्र मोड्न आक्रमण गरेको विरोधीले आरोप लगाएका थिए। अहिले त्यसैको पुनरावृत्तिका रूपमा पनि सुलेमानीको हत्या र सम्भाव्य युद्धलाई हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .