ad ad

राजनीति


इरानले हान्यो अमेरिकी सैनिक शिविरमा दर्जनभन्दा बढी क्षेप्यास्त्र

इरानले हान्यो अमेरिकी सैनिक शिविरमा दर्जनभन्दा बढी क्षेप्यास्त्र

नेपालखबर
पुस २३, २०७६ बुधबार ३:१,

इरानले इराकमा रहेका दुई अमेरिकी सैनिक आधार शिविरमा एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ।

गत साता अमेरिकाले आ प्रमुख जर्नेलको हत्या गरेको बदलामा आक्रमण गरेको इरानले बताएको छ।

बगदाद नजिकै रहेका ती शिविरमा गरिएको आक्रमणबाट कुनै अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट आइनसकेको तर त्यहाँका भवनहरुमा अहिले खोजी भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएकाे हो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका छन्।

‘हामीसँग संसारमैं सबैभन्दा शक्तिशाली र अत्याधुनिक सैन्यशक्ति छ, निकै नै बढी भोलि सबेरै म आफ्नो धारणा दिनेछु,’ ट्रम्पले ट्विटमा भनेका छन्।

याे पनिः
इरानमा रहेका नेपाली भन्छन् : हामी यहाँ सुरक्षित छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .