छापा खबर


नकिनीकनै छानीछानी नयाँ लुगा

नकिनीकनै छानीछानी नयाँ लुगा

नेपालखबर
पुस २०, २०७६ आइतबार ०:२२,

एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्काेमा लगाउन धेरैलाई मन लाग्दैन। एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ। अर्काे, किनेर सिलाउँदा पनि समय लाग्छ। तर अब चिन्ता लिनुपर्दैन। पार्टी र सभा समारोहमा लगाउने लुगा भाडामा पनि पाइन्छ।

एन्डिडोट नेपाल र कपडा रेन्टजस्ता ‘स्टार्टअप बिजनेस’मा आबद्ध व्यवसायीले यस्तो सुविधा दिएका हुन्। यो खबर आजको कान्तिपुरमा नुमा थाम्सुहाङले लेखेकी हुन्।

सुनकोठीकी मोनिका थापा मार्केटिङ म्यानेजर छिन्। व्यवस्थापनमा स्नातकोत्तर उनलाई कलेजको एउटा पार्टीका लागि कुन लुगा लगाउने भन्ने द्विविधा भयो। उक्त पार्टीमा लगाउन अहिलेसम्म नलगाएको डिजाइनको कपडा चाहिएको थियो।

पार्टीका लागि भाडामा गाउन र साडी पाइन्छ भन्ने सुनेपछि उनले एन्डिडोट नेपालको सोसल मिडिया पेज खोलिन् र अनुरोध पठाइन्।

सुरुमा कपडा कस्तो पाइएला भन्नेमा शंका थियो। तर प्रयोगपछि भने गुनासो नरहेको उनले बताइन्। ‘पेजको सबै फोटो हेरेपछि राम्रो लागेर लिएँ। यहाँ सस्तो पनि पाइने रहेछ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad